बैतडीमा भिरबाट लडेर एक महिला घाइते

२०८० पुष २७, ०४:१०
बैतडीः बैतडीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको डिलासैनि गाउँपालिका–२ छेपट्टाकी ४५ वर्षीया जानकी घरडी भिरबाट लडेर घाइते भएकि हुन्।
शुक्रवार (आज) दिउँसो घाँस काट्ने क्रममा जानकी भिरबाट लडेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।


कमेन्ट लोड गर्नुस