सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सप्ताहव्यापी योग दिवस मनाइदै

२०८० पुष २७, ०१:५० खबर संवाददाता

धनगढीः ९ औं राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति, धनगढीले विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ।

योग दिवस, २०८० को अवसरमा बृहत् रक्तदान, हाजिरी जवाफ, वक्तृत्वकला तथा विशेष आशन प्रतियोगिता गरिएको छ। सप्ताहव्यापी योग दिवसको अवसरमा पुस २३ देखि माघ १ गतेसम्म यी कार्यक्रम गरिन लागेका हुन्।

योग दिवसको अवसरमा पुस २३ मा विशेष आशन प्रतियोगिता गरिएको छ भने पुस २५ मा वक्तृत्वकला प्रतियोगिता गरिएको हो। आज २७ पुसमा हाजिर जवाफ प्रतियोगिता गरिएको छ। पुस २८ मा बृहत् रक्तदान गरेर माघ १ गते विशेष कार्यक्रम गरिने पतञ्जलि योग समिति, धनगढीका अध्यक्ष धर्मराज कोइरालाले बताए।

कमेन्ट लोड गर्नुस