सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवालाई जापानमा सीप सिकाउन उपमहानगर र जाइकाबिच सम्झौता

२०८० पुष २७, १०:१६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को समन्वयमा उपमहानगरले युवाहरूलाई जापान पठाउने भएको हो। धनगढीका युवाहरूले जापान गएर सीप सिकेर स्वदेश फर्किन पाउने भएका छन्। सम्झौतामा धनगढी उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले बिहीवार हस्ताक्षर गरेका हुन्।

जाइकाले मुख्य गरी धनगढीका युवाहरूमा उद्यमशीलता र करिअर विकासको अवसर दिन जापानका कम्पनीहरूमा धनगढीका युवालाई जोड्न सहजीकरण गर्नेछ। सम्झौताअनुसार  धनगढी उपमहानगरपालिकाले युवाहरूलाई जापानमा सीप सिक्न पठाइने छ। जापान जाने युवा स्वदेश फर्केपछि सीप सिकेको र रोजगार सिर्जना गर्ने बन्नुपर्ने नगरप्रमुख हमालले बताए।

‘एकजना जापान जान्छ भने पछि यहाँ आउँदा उसले पाँचजनालाई रोजगार देओस्। हामीले धनगढीबाट एक हजार जना पठायौँ भने उताबाट फर्किदा यहाँका पाँच हजारका लागि रोजगारी सिर्जना हुनुपर्छ,’ मेयर हमालले भने, ‘हामी जापान बस्न पठाउने होइनौँ। जापाजिनहरूको जसरी काम गर्ने क्षमता विकास गर्न युवालाई त्यहाँ पठाउँदैछौँ।’

कमेन्ट लोड गर्नुस