कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढीः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका-११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार २ सय मूल्य बराबरको चिनी, मिश्री, जुत्ता, चप्पल, हुड, अण्डरट्राउजर लगायतका सामान बरामद गरिएको छ। यस्तै पुनर्वास नगरपालिका-४ कोटीहोमबाट अन्दाजी २२ हजार ७ सय ५० मूल्य बराबरको माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


