सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुखडमा घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

२०८० पुष २६, ०६:५३

सुखड : कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा बिहिवारबाट घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ। घोडाघोडी सामाजिक सरोकार केन्द्रले आयोजना गरेको महोत्सवको नगर प्रमुख खडकबहादुर रावतले उद्घाटन गरे

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचान सँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे। उनले भने, ‘यहाँ रहेको उद्योग वाणिज्य सङ्घले महोत्सव सञ्चलन गर्नु पर्ने हो। मैले पहिले नै वाणिज्य सङ्घको क्यालेन्डरमै महोत्सव सञ्चालन गर्ने कार्यतालिका राख्नुस् भनेर सुझाव दिएको थिए। निर्वाचित भएको पहिलो वर्ष तामझामका साथ आयोजना गर्ने अनि पछि सुस्ताउने कुरा राम्रो भएन।’

कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध घोडाघोडीको आधार भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा विभिन्न कलाकारहरूको प्रस्तुति रहने छ।

 

कमेन्ट लोड गर्नुस