सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर लामिछाने निलम्बित

२०८० पुष २६, ०४:३५ खबर संवाददाता

काठमाडौँः नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर जानकारी गराएका छन्।

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधवार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको थियो। 
 

कमेन्ट लोड गर्नुस