सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयको सूचना अधिकारीबाट खड्कालाई किन हटाईयो ?

२०७६ वैशाख २५, ०७:३३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सूचना अधिकारीबाट हेमराज खड्कालाई हटाईएको छ। मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत समेत रहेका खड्कालाई जानकारी समेत नदिएर सूचना अधिकारीबाट हटाईएको हो। विगतमा सञ्चार माध्यमलाई मन्त्रालयका विभिन्न विषयमा आधिकारिक धारण दिदै आएका खड्काले एकाएक जानकारी नै नदिएर वेवसाईटबाट नाम हटाईपछि बुधबार भने धारण दिन अस्वीकार गरे।

उनले मन्त्रालयले सूचना अधिकारीबाट हटाएको विषयमा आधिकारिक जानकारी नदिए पनि वेवसाईटबाट नाम हटाईएकाले धारणा दिन नसकिने बताए। तर मन्त्रालयका सचिव गोगन हमालले सूचना अधिकारीबाट आफूलाई हटाएको विषयमा आधिकारिक जानकारी भने नदिएको खड्काले बताएका छन्। मन्त्रालयले प्रवक्ता नरेन्द्र कार्की सरुवा भएर गएका कारण वेवसाईटबाट नाम हटाएपनि  सूचना अधिकारीको नाम हटाउनुको कारण भने बताएको छैन्।

मन्त्रालयका निमित्त सचिव गोविन्द पोखरेलले खडकालाई सूचना अधिकारीबाट हटाएको विषयमा आफूलाई जानकारी नभएको बताउदै कर्मचारी सरुवाको कारणले हुन सक्ने बताए। तर खड्काको भने सरुवा भएको छैन्। मन्त्रालयले वेवसाईटबाट खड्काको नाम हटाएर सूचना अधिकारी नतोकिएपछि सूचना संकलनमा समस्या भएको छ।    

 

कमेन्ट लोड गर्नुस