सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका सहिद टेकबहादुर साउँदको सालिकमा माल्यार्पण

२०८० पुष २६, ०२:४६ खबर संवाददाता

धनगढीः थरुहट आन्दोलनका सहिद टेकबहादुर साउँदको सालिकमा माल्यार्पण गरिएको छ। नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन पूर्व  साउँदको सालिकमा माल्यार्पण गरिएको हो। 

पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन्। थरुहट–थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउँदको मृत्यु भएको थियो। उनलाई सहिद घोषणा गरिएको छ। ७ भदौ २०८० गते टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउँदको स्मृतिमा सालिक अनावरण गरिएको थियो।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र टेकबहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो। सोही क्रममा थरुहट आन्दोलनका क्रममा मृत्युवरण गरेका सबै सुरक्षाकर्मीहरुको फोटोमा पनि माल्यार्पण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस