सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यारेज पठाईएको सुदूरपश्चिम भौतिक मन्त्रालयको गाडीमा यात्रु ओसार्दै चालक

२०७६ वैशाख २५, ०६:५० खबर संवाददाता

बुधवार दिउसो प्रदेशको अस्थायी राजधानी धनगढीको सडकम भौतीक पुर्वाधार विकास मन्त्रालय अन्तरगत पुर्वाधार विकास निर्देशनालयको गाडी गुडिरहेको थियो। निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टले प्रयोग गर्दै आएको बा २ झ २२३५ नम्बरको सरकारी गाडीमा न भट्ट थिए न मन्त्रालयका कर्मचारी नै। मन्त्रालयमा कार्यरत सवारी चालक सुरेन्द्र चौधरीले गाडी चलाईरहेका थिए भने गाडीमा ४ जना सवार थिए। तर ४ जना मध्ये कोहि पनि मन्त्रालयका कर्मचारी भने थिएनन्। ४ जना मध्ये २ जनालाई सेती अञ्चल अस्पताल लाईनको दोभान मेडिकल अगाडी झारियो भने २ जनालाई एनएलचोक नजिक झारियो। ति यात्रुबाट चालकले भाडा नै लिएको पनि आरोप लागेको छ।

 

 

धनगढी–दीपायल द्रुत मार्ग प्रदेश सरकारलाईै हस्तान्तरण भएको समयमा प्रदेशलाई दिईएको उक्त गाडीमा चालक चौधरीले यात्रु ओसार्दै रकम असुली रहेको आरोप लागेको हो। यता निर्देशनालयका प्रमुख भट्टले भने उक्त गाडी मर्मतको लागि ग्यारेजमा पठाएको बताए। तर ग्यारेजमा पठाईएको भनिएको गाडीमा मन्त्रालयकै चालकले यात्रु ओसारी रहेको विषयमा भट्टले अनभिज्ञता प्रकट गरेका छन्। चालक चौधरीले भने आफ्ना छोरा विरामी भएकाले ग्यारेजबाट गाडी ल्याएर मेडिकल सम्म पुगाएको दावी गरे तर अन्य २ जना यात्रुको विषयमा भने उनले बोल्न मानेनन्। 
 

कमेन्ट लोड गर्नुस