सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८० पुष २६, ०८:२९ खबर संवाददाता

कैलालीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

भजनी नगरपालिका-८ सोनाफाँटाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४३ हजार ९ सय ३५ मूल्य बराबरको चिनी, खानेतेल, सुर्ती, पापड, मिठाई, नमकिन लगायतका सामान र धनगढी उपमहानगरपलिका-३ पुरानो भन्सार रोड नजिकबाट अन्दाजी ३ हजार मूल्य बराबरको चिनी, प्याज, रंग लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।
 

कमेन्ट लोड गर्नुस