सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा आजदेखि प्रादेशिक महोत्सव सुरु हुँदै 

२०८० पुष २६, ०८:१९ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ। अत्तरियाको लामिताल परिसरमा बिहीवारदेखि आठौं संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवको पूर्वसन्ध्यामा बिहान ११ बजेदेखि प्रभातफेरी गरेर १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवको कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीर बहादुर बलायरले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताए। उनले महोत्सव स्थलमा सम्पूर्ण पूर्वाधारको तयारी पुरा भएको बताए।

१५० स्टल निर्माण गरिएको महोत्सवमा सबै बुक भइसकेको जनाइएको छ। यस वर्ष महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार गरिएको छ। महोत्सव भित्रै मिनी महोत्सवको झल्को दिने गरी छुटै मञ्च र स्टल तयार पारिएको छ। थारू गाउँ प्रदर्शनीका व्यवस्थापक हेमन्त चौधरीले प्रदर्शनीमा १० वटा स्टल, थारू संग्रहालय सँगै मञ्चमा विभिन्न प्रस्तुती देखाइने बताए। महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा अपाङ्गता जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस