सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गुलरिया बजारमा आगलागी, ७० लाखको क्षति

२०८० पुष २६, ०७:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको गुलरिया बजारमा आगलागी भएको छ। कृष्णपुर नगरपालिका-५ गुलरियाचोक स्थित शिबराज बिष्टले संचालन गरेको एसबी फैन्सी स्टोर र फलफुल पसलको २ वटा सटरमा अचानक बिद्युतको तार सर्ट भएर बुधवार साँझ आगलागी भएको हो।

आगलागी हुँदा पसल भित्र रहेका सामान जली अन्दाजी ७० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस