राष्ट्रपति पौडेल र सार्कका नवनियुक्त महासचिवबिच भेटवार्ता
२०८० पुष २५, ०५:४२
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरबिच बुधवार भेटवार्त भएको छ।
शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका हैसियतले नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अघि बढाउन पूर्ण रुपमा प्रतिबद्ध रहेको अवगत गराएका थिए।
कमेन्ट लोड गर्नुस