सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्ड माघ ५ गते युगाण्डा जाने

२०८० पुष २५, ०५:३१ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जाने भएका छन्।

मंगलवार बसेको मन्त्रिपरिषद्को निर्णय बुधवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन्।

प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५–६ मा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा सहभागी हुन जान लागेका हुन्।
 

कमेन्ट लोड गर्नुस