माघी पर्वमा कैलारी गाउँपालिकामा तीन दिन बिदा
२०८० पुष २५, १०:१०
धनगढीः कैलालीको कैलारी गाउँपालिकामा माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ।
कैलारी गाउँपालिकाको पुस २० गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो। थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए।
कमेन्ट लोड गर्नुस