सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ

२०८० पुष २४, ०८:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-२ वाणीका २३ वर्षीय विजय चौधरीलाई सोमवार राति प्रहरी गस्ती टोलीले भन्सार छलिका सामानसहित फेला पारी नियन्त्रणमा लिएको हो।

चौधरीलाई लालझाडी गाउँपालिका-४ देखतभुलीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ८० हजार ५ सय मूल्य बराबरको माछा, चिनी, काले मामा नामक चुरन, मोटरसाईकल १ थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। साथै सोही ठाउँबाट अन्दाजी १ लाख ५२ हजार ९ सय मूल्य बराबरको माछा, चिनी, आन्टी नामक स्विट सुपारी, मोटरसाईकल १ थानसमेत सोमवार राति प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 यस्तै कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकबाट भन्सार छलिका अन्दाजी ३९ हजार ३ सय २० मूल्य बराबरको खेलौना, टफि, मसला लगायतका सामान र भीमदत्त नगरपालिका-१० बिद्युत कार्यालय अगाडी पुर्वपश्चिम राजमार्गबाट अन्दाजी १ लाख २० हजार ३ सय ४० मूल्य बराबरको किरानाका सामान, मोटर पार्टस, जुता, चप्पल, खाद्यान्न लगायतका सामान बरामद गरिएको छ। प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

कमेन्ट लोड गर्नुस