सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजको मौसम: यी प्रदेशमा हिमपात

२०८० पुष २४, ०६:०७ खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागका स्थानहरूमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 
 

कमेन्ट लोड गर्नुस