दार्चुलामा एक महिलाको शव फेला
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/1674969590-R6iqD_0.jpg?itok=F-J6RgAS)
दार्चुलाः दार्चुलामा एक महिलाको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ पथरानी रुक्साल खोलामा सोमबार बिहान महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती महिलाको परिचय भने खुलेको छैन। करिब ३५ वर्षीया ती महिला भिरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन्।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)