सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका तत्कालिन प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई सफाइ

२०८० पुष २३, १२:०९ खबर संवाददाता

धनगढीः गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहितका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। प्रमुख प्रशासकीय जोशीसहित ८ र ७ जनामाथि दुईवटा र विष्टसहित सात, पाँच र ६ जनामाथि तीनवटा मुद्धा दर्ता गरिएको थियो।

जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

कमेन्ट लोड गर्नुस