सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

२०८० पुष २२, ०८:५० खबर संवाददाता

डोटीः डोटीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको जोरायल गाउपालिका –३ चन्कट्टे  स्थित सौनेनी खोलामा ट्याक्टर दुर्घटना भएको हो।

आइतवार साँझ करिब ४ः३० बजेतिर सेला बाट चन्कट्टे तर्फ जाँदै गरेको  से २ प ३६८० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। उक्त दुर्घटनामा परेर जोरायल गाउपालिका –३ अवस्थी गाउँका ट्याक्टर चालक विष्णु अवस्थीको दाहिने खुट्टा भाचिएको छ भने अन्य २ जना सामान्य घाइते भएका छन्।

घाइते चालकलाइ  थप उपचारका लागि धनगढी रेफर गरिएको इलाका प्रहरी कार्यालय रावतकट्टे जोरायलका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक बलभद्र पनेरुले बताए।

कमेन्ट लोड गर्नुस