सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागबण्डामा कुरा नमिलेपछि शेखर–गगनले बोलाए छुट्टै बैठक

२०८० पुष २२, ०४:५७ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवासँग बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो। ‘पार्टीले मापदण्ड लागु गर्ने निर्णय गरेको छ। सभापति देउवा मापदण्ड लागु गर्ने सोंच देखिएन,’ संस्थापनइतरका एक नेताले भने, ‘आफू अनुकूलका व्यक्तिहरुलाई ल्याउन मापदण्डको ख्याल गरेको देखिएन।’

अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने पाटीर्को निर्णय छ। सभापति देउवाले उम्मेदवार बनाउँदा पार्टीले गरेका निर्णय लत्याउन लागेको शेखर–गगन पक्षको आरोप छ। कांग्रेस स्रोतका अनुसार पार्टी भित्रको भागवण्डामा सम्माजनक हिस्सेदारीको कुरा समेत भएको थियो।

शेखर–गगन पक्षले चार जना आफ्नो समूहलाई दिनुपर्ने माग गरेको थियो। सभापति देउवा तिन जनाका लागि तयार भएका थिए। पार्टीभित्रको भागवण्डा, मापदण्ड लगायतमा सभापतिसँग कुरा नमिलेपछि शेखर–गगन पक्षले आफ्नो समूहका शीर्ष नेताहरुलाई छलफलका लागि डाकिएको छ। 

कमेन्ट लोड गर्नुस