सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरकी शीतल केसीबाट समाचारको खण्डनः मिटरब्याजी नभएको जिकिर

२०८० पुष २२, ०२:४४ खबर संवाददाता

धनगढीः टीकापुरकी शीतल केसीले आफ्नो लेनदेन र कारोबार देवसरा बोहरा सावँद र ललित सावँदसँग मात्रै रहेको भन्दै दिनेश खबरमा हिजो (शनिवार) प्रकाशित ‘टीकापुरकी शीतलबाट दर्जन बढी परिवारको उठीबास’, ‘साउँद दम्पती हिरासतमा’ सम्वन्धि समाचारप्रति चित्त नबुझेको भन्दै लिखित रुपमै खण्डन गरेकी छन्।

मिटरब्याजी भनेर लगाइएको आरोप अस्वीकार गर्दै केसीले उक्त आरोप झुठो भएको भन्दै समाचारको खण्डन गरेकी हुन्। केसीले एक लाख दिएर २० हजार अग्रिम खाने गरेको विषयमा पनि कुनै सत्यता नभएको जिकिर गरेकी छन्। उनले देवसरा बोहरा सावँद आफैले चेकमा लेखी हस्ताक्षर गरी आफूलाई एभरेष्ट बैंकको चेक दिएको समाचार खण्डनका लागि पठाएको पत्रमा उल्लेख छ।

केसीले आफूलाई प्रहरीले पक्राउ गरेको विषय पनि आधारहीन भएको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीमा दिएको भनिएको निवेदनमा उल्लेखित नाममध्ये ललित र देवसरा बोहरा सावँद बाहेक अरुलाई नचिनेको दाबी छ। उनीहरूसँग आफ्नो कुनै कारोबार नभएको समेत खण्डन पत्रमा उल्लेख छ।

केसीले आफ्नो बदनाम गर्ने नियतले चार तोला सुन खाएको भन्ने आरोप झुठो भएको बताउँदै सुन खाएको प्रमाण ल्याउन कोकिला सावँदलाई चुनौती समेत दिएकी छन्। विभिन्न १४ जनाले आरोप लगाउनुभन्दा अगाडि प्रमाण पेस गर्न चुनौती दिँदै कुश्मी शाही आफ्नो कारणले बेपत्ता नभएको भन्दै केसीले आफ्नो मानहानी भएकाले कानुनी उपचार खोज्ने बताएकी छन्।

No description available.

No description available.

कमेन्ट लोड गर्नुस