सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक घरमा आगलागी

२०८० पुष २२, ०७:३०

धनगढी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका–६ थलालका पुष्कर थलालको घरमा शनिवार साँझ आगो लागेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीले थलालको घरमा विद्युतकाे तार सर्ट भएर आगो लागेको बताएको छ। उनको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ता–कपडा, सुन र नगद जलेर नष्ट भएको छ। उनको घरमा आगलागी हुँदा पाँच लाखको क्षति भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

 

कमेन्ट लोड गर्नुस