सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा

२०८० पुष २१, ०४:३२ खबर संवाददाता

बाजुराः सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका–९ का धनराज उपाध्यायले सुन्तला बिक्री नहुदा मर्कामा परेको बताए। कार्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको उपाध्यायले बताए। सात सय भन्दाबढी रोपनीमा सुन्तला खेती गरेका उपाध्यायले ‘सुन्तला राम्रोसँग पनि फल्यो । तर अहिले बिक्री नहुँदा समस्या भएको बताए।’ किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन्।

कृषि ज्ञान केन्द्रको पहलमा उपाध्यायले सुन्तला खेती गरेका हुन्। उनले सधैँ गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्तला खेती गर्न सुरु गरेका हुन्। अहिले सुन्तला बिक्री नहुँदा  परिवार कसरी पाल्ने भनेर उपाध्याय चिन्तामा परेका छन्। सुन्तला बिक्री नभएपछि उपाध्यायजस्तै अरु किसान पनि मर्कामा परेका छन्।

कमेन्ट लोड गर्नुस