सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर हुस्सु/कुहिरो तथा हिमपात दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने

२०८० पुष २१, ०६:१८ खबर संवाददाता

धनगढीः देशभर तराईका स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका तराई भू–भागका स्थानहरू हुस्सु/कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। यस्तै राति कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 
 

कमेन्ट लोड गर्नुस