सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकाद्धारा अनुदानमा कृषि उपकरण वितरण

२०८० पुष २०, १०:२८ खबर संवाददाता

धनगढीः कैलालीमा रैथाने आलु खेती गर्ने थारु महिला कृषक समूहलाई कृषि उपकरण सहयोग गरिएको छ। जिल्लाको कैलारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा थारु आलु खेतीमा संलग्न कृषक समूहलाई कृषि उपकरण सहयोग गरेको हो।

पलिकाको –२ नम्बर वडा स्थित जागरण महिला कृषक समूहलाई दुई वटा पावर ट्रिलर र दुई वटा पानी तान्ने मोटर दिएको गाउँपालिकाको कार्यालयले जनाएको छ। कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरी र वडा अध्यक्ष विकास चौधरीले महिला समूहलाई कृषि उपकरण हस्तान्तरण गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस