सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङमा ट्याक्टर दुर्घटना, २९ जना घाईते

२०८० पुष १९, ०५:४१ खबर संवाददाता

दाङ: दाङमा ट्याक्टर दुर्घटना भएको छ। गढवा गाउँपालिका वडा नम्बर-४ पर्सा गाउँका स्थानीय सवार ट्याक्टर गढवा–कोइलावास सडक खण्डमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

बिहेको पात टिपेर फर्किने क्रममा गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटनामा परेको प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिए। ट्याक्टरमा सवार २९ जना घाइते छन्। घटनास्थलबाट सबै घाइतेहरुलाई उपचारका लागि लमही पठाईएको छ। लु २ त ५१६५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस