सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनाथ आश्रम उद्धघाटनका लागि महानायक हमाल सहितको टोली बाजुरा तर्फ

२०७६ वैशाख २४, ०६:४७ खबर संवाददाता

नेपालका कान्छा अभियान्ताको रुपमा परिचित केपी खनालको नेतृत्वमा बाजुरामा निर्माणा भएको अनाथ आश्रम उद्धघाटन र हस्तान्तरणका लागि महानायक राजेश हमाल सहितको टोली बाजुरा लागेको छ। भोली अनाथ आश्रमको उद्धघाटन र हस्तान्तरणको कार्यक्रम भएकाले उक्त टोली बाजुरा तर्फ लागेको हो। महानायक हमालसंगै कान्छा अभियान्ता खनाल, समाजसेवी लोकवहादुर चन्दन, शिवराज कार्की, गायक टंक तिमल्सिना र तिलक बस्नेत लगायतको टोली बाजुरा तर्फ गएको हो। बाजुराको बूढीगंगा नगरपालिकाको ब्रह्मतोलामा अनाथ आश्रम निर्माण सम्पन्न भईसकेको छ। “सके हजार नसके प्रचार” अभियान संचालन गरि ५० लाखमा अनाथ आश्रम निर्माण गरिएको अभियान्ता खनालले बताए।

अनाथ आश्रम कन्सर्न बाजुरा संस्थालाइ हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। मानव विकास सुचांकमा नेपालको सबैभन्दा पुछार अर्थात ७७ औँ जिल्लाको रुपमा रहेको बाजुरामा अनाथ आश्रम सञ्चालन गरेर आश्रय नपाएर समस्यामा परेका अनाथ बालबालीकाहरुलाई सहयोग गर्ने योजना अनुसार अनाथ आश्रम बनाईएको खनालले बताए। अनाथ आश्रममा ५० भन्दा बढि अनाथ बालबालीकाहरुलाई आश्रय दिने व्यवस्था गरिने छ। बाजुरा बाहेका जिल्लाहरुमा पनि अनाथ तर आश्रय समेत नपाएर समस्यामा परेका बालबालीकाहरुलाई अनाथ आश्रममा राख्ने योजना अभियान्ता खनालको छ। 

खनाल विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएका छन्। अछाम जिल्ला स्थित रामारोसन गाउँपालिका घर भएका खनालको कक्षा १२ सम्मको अध्ययन कैलालीबाट पुरा भएको थियो। उनी अहिले टेक्सास इन्टरनेसनल कलेजमा पुर्ण छात्रवृत्तिमा अध्ययरत छन्। उनी क्लीन काष्ठमान्डप अभियानबाट चर्चामा आएका थिए भने सोही समयदेखि उनलाई नेपालका कान्छा अभियान्ताको नामले चिन्न थालिएको हो। २०६८ सालमा बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान अहिले देशभरी नै विस्तार भएको छ। उनले कैलाली लगायतका देशका विभिन्न स्थानमा पनि सरसफाई अभियान चलाएका छन्। ‘म बदलिन्छु मेरो देश बदलिन्छ’, ‘दशा लागेकालाई यो दशैं’, ‘भोकै छ जुम्ला’ लगायतका अभियान सञ्चालन गरेर खनाल सामाजिक कार्यमा सक्रिय रहेका छन्। 

 

कमेन्ट लोड गर्नुस