सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विद्युत सेवा अवरुद्ध हुने

२०८० पुष १८, ०१:१२ खबर संवाददाता

बाजुराः बाजुरामा विद्युत सेवा अवरुद्ध हुने भएको छ। दुई दिन दुई पालिकाभित्रको विद्युत सेवा अवरुद्ध हुने भएको छ।

विद्युत लाइन निर्माण कार्य भइरहेकाले आज र भोली दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाइन निर्माण कार्य भइरहेकोले आज र भोलि दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

दुई दिन विहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ।

कमेन्ट लोड गर्नुस