सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालकुमारीमा मारिएका वीरेन्द्रको बुढीगङ्गामा अन्तिम संस्कार

२०८० पुष १७, ०७:३७ खबर संवाददाता

धनगढी : ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागरे मारिएका अछामका वीरेन्द्र शाहको अन्तिम संस्कार गरिएको छ। अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्रको आज (मङ्गलवार) बुढीगङ्गा नदी किनारमा अन्तिम सस्कार गरिएको हो।

गत शुक्रवार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षार्थीहरू र प्रहरीबिचको झडपका क्रममा मारिएका उनको आज बुढीगङ्गा नदी किनारमा अन्तिम संस्कार गरिएको छ। मङ्गलवार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत उनको शव अछाम ल्याइएको थियो।

आज दिउँसो उनको घर चौरपाटी गाउँपालिका–१ सिउँडीबाट सुरु भएको शव यात्रामा गाउँपालिका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए। सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबिच चार बुँदे सहमतिपछि शव बुझिएको थियो।

शुक्रवार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरूले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो।

 

कमेन्ट लोड गर्नुस