धनगढीमा पुल निर्माणको काम सुरु

धनगढी : कैलालीको धनगढीमा पक्की पुलको निर्माण कार्य सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ साई केन्द्र र वडा नम्बर ५ तारानगर जोड्ने पक्की पुल निर्माणको काम सुरु भएको हो।
धनगढी उपमहानगरपालिकाका अनुसार १० मिटर लम्बाईकाे पुल निर्माणका लागि एक करोड ५८ लाख नौ हजार ८ सय ८२ रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। निर्माण कम्पनीले २०८१ माघ ३० गते भित्र पुल निर्माणको काम सक्ने छ। पुल निर्माणले धनगढीको मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहज हुने दाबी उपमहानगरपालिकाको छ।


