सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सरले हामीलाई पनि रुवाउनु भयो, आफू पनि रुनुभयो’

२०८० पुष १६, ०५:५४

धनबहादुर धामी : म सात कक्षाको नेपाली विषयको दोस्रो घण्टी सकेर तेस्रो घण्टीमा नौँ कक्षामा प्रवेश गरेँ। विद्यार्थीहरू खुसी देखिन्थे, अरू दिनभन्दा आज। किनकी हामी कथा पढ्छौँ भन्ने थाहा थियो उनीहरूलाई । धेरै जसोले कथा पढेर आईसकेका थिए।

गृहकार्य चेक गर्दै गर्दा करिब आधा पिरियड गईसकेको थियो। विद्यार्थीहरू गृहकार्य सरले छिटो चेक गरून् भन्ने आशय प्रकट गर्दै थिए। मैले पनि सोही मनोभावना समेटी छिटो चेक गर्ने प्रयास गरेँ।

कथाको शीर्षक “समय पीडा“ र यो कथाकी कथाकार पद्मावती सिंह थिईन। कथाकारका र शीर्षककै बारेमा छलफल गर्दागर्दै चौथो घण्टी टिन, टिन, टिन, टिन गरि बज्यो ।

विद्यार्थीहरू निराश भए। तैपनि त्यो दिनको शिक्षण योजना पनि त्यति नै थियो। अब भोलि फेरि पढेर आउने भन्दै म कक्षाबाट बाहिरिए।

यस्तै क्रममा हाम्रो कक्षा चिलरहेको थियो। कथाको सस्वर बाचन र शब्दार्थ शिक्षण सकेर हामी भावबोध पढी राखेका थियौँ। कथाको विषय बस्तु बिदेसिएका छोराछोरी र बुढेसकालमा बाँचिरहेका आमा बुवा अर्थात् अहिलेको नयाँ पुस्ता र पुराना पुस्ताको चाहानामा आधारित थियो।

कथाकी मुख्य पात्र आनन्दीको अभिव्यक्तिले मलाई बारबार घर र विशेषत आमाको सम्झना झलझली दिलाई राखेको थियो।

आनन्दी छोराहरू स्वदेशमै बसून्, रूखो रुखो खाएर भए पनि आफ्नै देशमा पौरख गरून्, केही समयका लागि विदेश गए पनि स्वदेशमै काम गरून् भन्ने चाहिन्थिन्। कथाका अर्का प्रमुख पात्र रामनाथ छोराहरूले आफ्नो व्यवसाय हेर्न अरू कामदार नराखेर आफ्नै छोराहरूले सम्हालुन् ठान्थेँ।

तर छोराहरू भने ठीक विपरीत सम्झन्थे। उनीहरूलाई स्वदेश बस्न मनै थिएन्। लाग्थ्यो कि स्वदेशमा केही पनि छैन्। आमा वुबासँगको यहीँ रात दीनको एकोहोरो विदेश जाने रटान र एक हटले दुबै छोरा विदेश जान्छन्। छोराहरूका अगाडि आमा बुवाले घुँडा टेक्छन्।

जेठो छोरा परिवारसहित अस्ट्रेलिया र कान्छो अध्ययनका लागि ढेपि गरेर अमेरिका जान्छन्। छोराहरू विदेश गएदेखि आन्नदी कमजोरी भएर बाँचिरहेकी हुन्छिन्। हरेक साँझ छोराहरूका भित्तामा राखेका अल्बम निकाल्दै सन्तानलाई खेलाए झै गरि थमथम्याउ थिन्। एलबममा चुम्बन गर्दै परेली आँसुले भिजाउथिन्।यो उनको दैनिकी नै थियो।

उसलाई हरेक चाडपर्व , मेला, महोत्वसब छोराहरूको अनुपस्थितिले न्यास्रो लाग्थ्यो। छोराहरूको यादले सकभर चाडपर्वमा खानेकुराहरू पाक्दैंन थे पाकी हाले पनि खानेबेला भने निल्नै सक्दैन्थिन्।।तैपनी छोराहरू स्वदेश फर्किने झिनो आश लिएर आनन्दी बाँचिरहेकी थिईन्।

एकदिन कान्छा छोराको फोन अमेरिकाबाट आयो।आन्नदी खुशी हुन्छिन् ।छोराले पढाइ सकेको कुरा सुनाउँछ ।यो कुरा सुन्दा आनन्दीको खुशीको सीमा नै रहदैन।छोरा अब स्वदेश फर्किने भयो भनेर। आनन्दी खुशी हुदै अब त नेपाल फर्किनु पर्छ।तिमीले गरेको बाचा पनि पूरा गर्नु छ, ‘भन्दै छोरासँग जिस्किन्छे।’

कान्छा छोराले विदेश जानेबेला पढाइ सकेर नेपाल आई नेपालमै काम गर्ने र नेपालमै घरजम गरेर आमा बुवासँगै बस्ने बाचा गरेको थियो।

तर उता छोरा भने विदेशी रमझममा हराई सकेको थियो। उसले नेपाल नफर्किने निर्णय लिईसकेको हुन्छ। जसको फलस्वरूप उताबाट छोराले आमाको त्यो प्रश्नको जवाफमा सजिलैसँग भन्छ; ‘म नेपाल फर्किदैन्,मैले यता केटी पनि हेरी सकेको छुँ।छिट्टै विवाह गर्दैछु’ सकिन्छ भने मेरो विवाहमा तपाईँहरू आउनु; सकिँदैन भने ठीकै छ भनेर फोन राख्छ।

छोराको यो जवाफ सुन्दा आनन्दी क्षत विक्षत् हुन्छिन्। उनी आकाशबाट खसेँ हुन्छिन्।फोन समातेर घुक्क घुक्क रुन्छिन्।

यो घटनाभन्दा अगाडि पुग्दासम्म अनेकन पल मेरा आँखामा टिलपिल आँसु आईरहे,म पटक पटक भावुक भईरहेँ ।तैपनी आफूलाई सम्हाल्दै पढाइ राखे।विद्यार्थीको नजरबाट आशु लुकाउदैँ कठोर हुने प्रयास गरिरहेँ। विद्यार्थीहरू पनि सुनसान थिए स्तब्ध थिए।

तर जब छोराले ‘सके आउनु नसके ठीकै छ’,भन्ने वाक्य वाचन गर्दा भने मेरा नयनबाट एकाएक आँसु तप्प तप्प खसेछन्। मेरो कक्षाका विद्यार्थीहरू पनि आफ्ना आँखाका आँसु पुच्दैँ थिए। हामी एकछिन निस्साहाट अवस्थामा पुग्यौं। कक्षा स्तब्ध भयो। कक्षाका विद्यार्थीहरू पनि टाउँको तल बनाई आँखाका आँसु पुच्दैँ थिए। एकछिन पछि एक जना विद्यार्थीले आफ्नो आँसु पुच्दै भने, ‘सर त आफू पनि रुनु भयो, हामीलाई पनि रुवाउनु भयो।’

 

कमेन्ट लोड गर्नुस