सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपमा सुदूरपश्चिम विजयी

२०८० पुष १४, ०३:३४ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई २४ रनले पराजित गर्दै सुदूरपश्चिमले पाँचै जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०३ रनमात्रै बनापछि सुदूरपश्चिम २४ रनले विजयी भयो। गण्डकीकी सुमन खतिवडाले सर्वाधिक ४९ रनमा अविजित रहिन्। उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। ओपनर सिर्जना पौडेल र सिमाना केसीले क्रमश १५ र १९ रन बनाए।

ज्योत्सनिका मरासिनीले १२ बलमा २ चौकासहित १५ रन बनाइन्। कुसुम गोदार १ रनमा अविजित रहिन्। सुदूरपश्चिमका लागि रितु कनौजिया र लक्ष्मी साउदले एक/एक विकेट लिए। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २६ रन बनाइन्। उनले ११ बलमा ६ चौका प्रहार गरिन्। रेवती धामीले १८, लक्ष्मी साउदले १६ रन बनाइन्। रितु कनौजिया र अनु खडायत क्रमशः २१ र २ रनमा अविजित रहे।

गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले समान २/२ विकेट लिए। सुमन खतिवडाले १ विकेट लिइन्। गण्डकीले प्रतियोगितामा १ मात्र जित हात पा¥यो भने ६ खेलमा पराजय बेहोर्दै प्रतियोगिता सकाएको छ। सुदूरपश्चिम भने यसअघि नै प्लेअफ पुगिसकेको छ। सुदूरपश्चिमले ७ खेलमा ५ जित र २ हार बेहोरेको छ।

कमेन्ट लोड गर्नुस