सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका एक युवा लागूऔषधसहित डोटीमा पक्राउ

२०८० पुष १३, ०९:२१ खबर संवाददाता

डोटीः अछामका एक युवा डोटीमा लागूऔषधसहित पक्राउ परेका छन्।

अछामको चौरपाटी  गाउँपालिका–४ का १९ वर्षीय विपिन्न भट्ट पक्राउ परेका छन्। उनको साथबाट १.१७ ग्राम लागुऔषध जस्तो देखिने खैरोहिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डएिसपी) निशान्त श्रीवास्तवले बताए।

प्रहरी नायव उपरीक्षक (डएिसपी) श्रीवास्तवका अनुसार ती युवा दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पौष ११ गते पक्राउ परेका हुन्। भट्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस