सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुना टपरी बिक्री नभए बजारीकरण व्यवस्थापन नगरपालिकाले गर्छः मेयर भट्ट

२०८० पुष १३, ०५:५६ खबर संवाददाता

धनगढीः दुना टपरी बिक्री नभए बजारीकरण व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले घोषणा गरेका छन्।

मेयर भट्टले स्थानीय स्तरमा उत्पादित दुना टपरी बिक्री नभए आफूले जिम्मा लिने घोषणा गरेका छन्। ‘स्थानीय स्तरमा दुना टपरी बनाए पश्चात् बजारमा बिक्री बितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौ, यदि अत्तरिया –धनगढी बजारमा उत्पादन दुना टपरी बिक्री बितरण हुन नसके गोदावरी नगरपालिका त्यसको बजारीकरण एवम् व्यवस्थापनको जिम्मा लिन्छ’ मेयर भट्टले भने।

महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका –४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले ३५ जनालाई तालिम दिएको थियो।
 

कमेन्ट लोड गर्नुस