सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सडकबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु

२०८० पुष १३, ०५:२२ खबर संवाददाता

दार्चुलाः दार्चुलामा एक जना युवाको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिका–६का अन्दाजी १८ वर्षीय अशोक धामीको मृत्यु भएको हो।

धामी दल्लेख भित्री सडक खण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको स्काइभेटरमा सहयोगीको रुपमा काम गरिरहेका थिए। पैदल हिँडीरहेका बेला एक्कासि सडकबाट ५०० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस