सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृह मन्त्रालयले फेरी गर्‍यो १७ जना उपसचिवहरूको सरूवा

२०८० पुष १२, ०९:४५ खबर संवाददाता

काठमाडौँः गृह मन्त्रालयले १७ जना उपसचिवहरूको सरूवा गरेको छ। मन्त्रालयले केही जिल्लाका सहायक सिडिओहरूको सरुवा गरेको हो।

जसमा शम्भु प्रसाद रेग्मीलाई सल्यानको सिडिओ, रुद्र प्रसाद न्यौपानेलाई इलाका प्रशासन कार्यालय मोरङ, अनिल खनाललाई अध्यागमन विभाग, निराजन श्रेष्ठलाई अध्यागमन विभाग, माधव प्रसाद ढकाललाई सिन्धुपाल्चकको सहायक सिडिओ, लेवन काश्यम अधिकारीलाई पाँचथर, चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालय, रेवती शर्मालाई सप्तरी, विष्णु भुसाललाई धनुषा र मुकेश केशरीलाई राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागमा सरुवा गरेको हो।

त्यस्तै रविन्द्र प्रसाद आचार्यलाई मोरङ, अनिल पौडेललाई काठमाडौं, भविश्वर घिमिरेलाई कपिलवस्तु, मोहन न्यौपानेलाई राष्ट्रिय विद् जोखिम न्युनीकरण प्राधिकरण, वेदराज फूयाललाई सुनसरी, चुडामणि चापागाईँलाई झापा र एकदेव अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।
 

कमेन्ट लोड गर्नुस