सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश अधिबेशनको दुई वर्षपछि माओवादीको सुदूरपश्चिम सचिवालय गठन

२०८० पुष १२, ०९:०७ खबर संवाददाता

धनगढीः माओवादी केन्द्रले प्रदेश अधिबेशन भएको दुई वर्षपछि सुदूरपश्चिम  प्रदेशको सचिवालय गठन गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन्।

सुदूरपश्चिम प्रदेशमा लामो समय देखी सचिवालय गठन हुन सकेको थिएन। प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्काे व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रमा उल्लेख गरिएको छ।

सचिवालय सदस्यमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्य, स्थायी कमिटी सदस्य खजराज भट्ट, केन्द्रीय सदस्यहरू हरि ज्ञवाली,  हेमराज भट्टराई, नेप बहादुर चौधरी, विरमान चौधरी,  लक्ष्मणदत्त जोशी, विना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी र प्रदेश अध्यक्ष पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। झन्डै २ वर्ष पहिले २०७८ फागुन १७ गते प्रदेश अधिवेशन सम्पन्न भएको थियो।
No description available.

कमेन्ट लोड गर्नुस