माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय गठन

धनगढीः नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी तोकिएको छ। माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन्।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म माओवादी केन्द्रको सचिवालय गठन हुन सकेको थिएन। प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समयदेखि सचिवालय गठन नभएको भन्दै अर्को व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको छ।
सचिवालय सदस्यमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्य, स्थायी कमिटी सदस्य खजराज भट्ट, केन्द्रीय सदस्यहरू हरिराम ज्ञवाली, हेमराज भट्टराई, नेप बहादुर चौधरी, विरमान चौधरी, लक्ष्मणदत्त जोशी, विना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी र प्रदेश अध्यक्ष पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ।
सुदूरपश्चिममा २०७८ फागुन १७ गते माओवादी केन्द्रकव प्रदेश अधिवेशन भएको थियो। प्रदेश कमिटी निर्वाचन भएको दुई बर्षसम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले नै घोषणा गरेको हो।

