सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वामी देवराज आचार्यलाई अयोध्याको निम्तो

२०८० पुष १२, ०६:०१ खबर संवाददाता

धनगढी: लक्ष्मीनारायण मन्दिरका संरक्षक एवं वैष्णव परिषद्, नेपालका अध्यक्ष श्री १००८ स्वामी देवराज आचार्यलाई अयोध्यामा निर्मित श्रीराम मन्दिरको श्रीराम नूतन विग्रहको प्राण-प्रतिष्ठाका लागि निमन्त्रण गरिएको छ। श्रीराम जन्मभूमि तीर्थ क्षेत्रले नेपालबाट प्राण-प्रतिष्ठा समारोहमा भाग लिन श्री १००८ स्वामी देवराज आचार्यलाई निमन्त्रणा पत्र पठाएको छ।

भारत सरकारले अयोध्याको रामघाटमा निर्माण गरेको श्रीराम मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण-प्रतिष्ठा  आगामी माघ ८ गते गर्ने भएको छ। श्रीराम प्रतिमाको प्राण-प्रतिष्ठा समारोहमा धनगढीबाट श्री १००८ स्वामी देवराज आचार्य सहभागी हुने भएका हुन्।

कमेन्ट लोड गर्नुस