सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा युवक मृत्य प्रकरणः पक्राउ परेका तीनै जना पुर्पक्षका लागि कारागार चलान

२०८० पुष १२, ०४:३२ खबर संवाददाता

डोटीः  डोटीमा एक युवक मृत्य प्रकरणमा पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका भट्टको शव एक महिनापछि आज (बिहीबार) आफन्तले बुझेका हुन्।

भट्टको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको थियो। एक महिनापछि आज बिहान मात्रै शव आफन्तले बुझेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको हत्या गरेर त्यहाँ फालिएको दाबी गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। हत्यारा पत्ता लगाई कारबाही नभएसम्म शव नबुझ्ने उनीहरुको अडान थियो।

पक्राउ परेका दिपायल सिलगढी नगरपालिका–५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्टलाई किटानी जाहेरीपछि प्रहरीले पक्राउ गरेको थियो। उनीहरु तीनै जनालाई हिजो (बुधवार) पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए।
 

कमेन्ट लोड गर्नुस