सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीसहितका तीन पालिकामा नौ दशमलव पाँच किलोमिटर तटबन्धन हुँदै

फाइल फोटो
फाइल फोटो
२०८० पुष १२, ०२:२९ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका नदीमा नौ दशमलव पाँच किलोमिटर तट्बन्ध हुँदैछ। जनताको तट्बन्ध कार्यक्रम, सुदूरपश्चिमले धनगढीका चार स्थानसहित १२ वटा स्थानमा एकै पटक तट्बधनका लागि ५१ करोड ५८ लाख ७२ हजारमा ठेक्का सम्झौता गरेको हो।

एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा कार्यक्रम कार्यान्वयनको चरणमा गएको छ। जनताको तट्बन्धन कार्यक्रम, कञ्चनपुरका सव–इन्जिनियर प्रकाश खड्काले धनगढीसहितका तीन स्थानीय तहमा तट्बन्धको काम सुरु भएको बताए। उनले भने, ‘मोहना कैलाली र खुटिया कैलालीमा तट्बन्धको कार्यक्रम छ। एडिबीको १२ प्याकेजमा काम हुँदैछ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मोहना नदी, वडा नम्बर १३ को श्रीलंका, वडा नम्बर १७ को उत्तरखैरेनीमा तट्बन्ध निर्माणको काम जारी छ। चटकपुरमा सात सय १० मिटर, श्रीलंकामा चार सय मिटर र उत्तरखैरेनीमा आठ सय मिटर नदीमा तटबन्धनको कार्यक्रम छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ७ मा साढे १३ सय मिटर तट्बन्ध हुँदैछ। कृष्णपुरको वडा नम्बर ८ र ९ मा समेत जनताको तट्बन्धन कार्यक्रम छ। गोदावरी नगरपालिकाको वडा नम्बर ९ मा पनि नदी तटबन्धनको कार्यक्रम छ। खड्काले भने, ‘हाम्रो ६ करोड मात्र छ। एक करोड मोहना र एक करोड शिवगंगामा खर्च हुँदैछ।’

जनताको तटबन्धन कार्यक्रमले एडिबीको ऋण सहयोगमा ५१ करोड ५८ लाखको ठेक्का गरेकोमा आफ्नो भने चालु आर्थिक वर्षमा २ करोडको मात्र ठेक्का हुने भएको हो। चालु आर्थिक वर्षमा ६ करोड रुपैयाँ उक्त कार्यक्रमले विनियोजन गरेकोमा दुई करोडको मात्र नयाँ ठेक्का हुने भएको हो। धनगढीको मोहनामा २५० मिटर, गोदावरीमा २५० मिटर र शिवगंगामासमेत तटबन्धन गरिने भएको हो। बाँकी रहेको चार करोड बजेट भने महाकाली तट्बन्धमा खर्च हुने छ।

कैलाली र कञ्चनपुरका १२ स्थानका नदीहरुमा जनताको तटबन्धले एडिबीको ऋण सहयोगमा तटबन्ध गर्र्दैछ। यसका साथै मोहना र शिवजंगाको कालिका शिवरमा एक÷एक करोड खर्च हुने देखिएको छ। उनले भने, ‘साढे नौ किलोमिटर तट्बन्ध हो। तीन किलोमिटर माटोको बाँध मात्र हो।’

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा धनगढीसहितका तीन पालिकाभित्र नदी तटबन्धन गरिँदैछ। यसका लागि जनताको तटबन्धन कार्यक्रम अन्तर्गत ५१ करोड ५८ लाख ७२ हजारमा ठेक्का सम्झौता गरिएको हो। अहिले धनगढी उपमहानगरपालिका तथा गोदावरी र कृष्णपुर नगरपालिका क्षेत्रका नदीमा तट्बन्धको काम भइरहेको छ। धनगढी क्षेत्रका चार स्थानमा जनताको तट्बन्धमार्फत नदी तट्बन्ध गर्ने काम भइरहेको हो। ९ दशमलव पाँच किलोमिटर नदीमा तट्बन्ध गर्न सम्झौता गरिएको छ।

साथै धनगढीको मोहना र गौरीगंगाको शिवगंगा नदीमा तट्बन्धन गर्न थप एक/एक करोडको बजेट कार्यक्रम ठेक्का प्रक्रियामा छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस