सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश एकको स्थायी राजधानी तोकियो विराटनगर

२०७६ वैशाख २४, ०७:३३ खबर संवाददाता

प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ। सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो। प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो। सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो। 

विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ । विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगर बजारको जनजीवन प्रभावित भएको थियो।राजधानी तोकेसँगै प्रदेश एकको तेश्रो अधिवेशन सकिएको छ। प्रदेश एकको नाम के राख्ने भन्नेबारेमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन।
 

कमेन्ट लोड गर्नुस