सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर जल्दा दार्चुलामा ४ महिने शिशुको मृत्यु

२०८० पुष ११, ०९:४६ खबर संवाददाता

दार्चुलाः दार्चुलमा घर जलेर एक शिशुको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–३ हापरीमा एक घरमा आगलागी हुँदा चार महिने शिशुको मृत्यु भएको छ। आज (बुधवार) साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजयप्रकाशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द भण्डारीले बताए।

विद्युत सर्ट भएर घरमा आगो लाग्दा टमटाको दुई तले ६ कोठे घर जलेर नष्ट भएको छ। आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेको प्रहरी निरीक्षक भण्डारीले बताए।
 

कमेन्ट लोड गर्नुस