सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा थन्किए एम्बुलेन्स

२०७६ वैशाख २४, ०७:०० प्रकाश सिंह

बजुराको बुढिगंगा नगरपालिकामा सञ्चालित दुईवटा एम्बुलेन्स बिग्रेर अलपत्र अबस्था रहेका छन्। ब्यबस्थापन समितिको लापरवाहीले एम्बुलेन्स अलपत्र बनेको स्थानियले वताएका छन्। रेडक्रस बाह्रबिस उपशाखा र टाँटे स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्स बिग्रेर महिनौ भइसक्दा पनि मर्मतमा कसैले वास्ता नगर्दा एम्बुलेन्स अलपत्र रहेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले बताए। बाह्रबिस रेडक्रस शाखाले सञ्चालन गरेको एम्बुलेन्स भारत सरकारको सहयोग गरेको हो। टाँटे स्वास्थ्य चौकी एम्बुलेन्स संबिधान सभाका सदस्य डबल शाहको सासंद विकास कोषको रकम बाट खरिद गरेको हो। बाह्रबिस शाखाले चलाएको एम्बुलेन्स त बिग्रेर थन्कीएको दुई महिना भन्दा बढि भइसकेको छ। एम्बुलेन्स सञ्चालन नआउदा बिरामीलाई अन्य गाडिमा अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ। 

पटक पटक ब्यबस्थापन पक्षको कमजोरीका कारणले एम्बुलेन्स अलपत्र परेको स्थानियले आरोप लगाएका छन्। बाह्रबिस रेडक्रस शाखाले सञ्चालन गरेको एम्बुलेन्स पटक पटक बिवादमा तानिने गरेको छ। गएको बर्ष मात्र नगरपालिकाले बाह्रबिस उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स मर्मतका लागि एक लाख दिएको थियो। एक लाखले मर्मत गरेर केही महिना सञ्चालनमा आएपनि  त्यसपछि फेरी बिग्रेको छ। टाँटे स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्सलाई नगरपालिकाले गएको बर्ष पाँच लाख मर्मतका लागि दिएको थियो। त्यो रकमले मर्मत गरेको तर फेरी बिग्रेको स्वास्थ्य संयोजक शाहले बताए। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस