सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगर विरुद्धको मुद्दामा सुनुवाइ सकियो

२०८० पुष ११, ०३:१६ खबर संवाददाता

धनगढीः जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल समेतविरुद्ध सर्वाेच्च अदालतमा दायर गरिएको रिटमाथि आज (बुधबार)को सुनुवाइ सकिएको छ।

सर्वाेच्च अदालतले रिटमाथिको सुनुवाइ भइसकेको जनाएको छ। रिट सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशमा पेशी तोकिएको थियो।

कार्यविधिविरुद्ध कैलालीका जग्गा कारोबारी उपेन्द्रप्रसाद अवस्थीले सर्वाेच्चमा रिट दायर गरेका थिए। आज प्रारम्भिक सुनुवाइ भएकाले अल्पकालीन अन्तरिम आदेश हुने कि नहुने साथै कारण देखाऊ आदेश जारी हुन सक्नेछ। प्रारम्भिक सुनुवाइको आदेश केहीबेरमा आउने जनाइएको छ।

कमेन्ट लोड गर्नुस