सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ दरबन्दी भएका एक प्रहरी दुई महिनादेखि सम्पर्कविहिन

२०८० पुष ११, ०२:०० खबर संवाददाता

धनगढीः बझाङ दरबन्दी भएका एक प्रहरी दुई महिनादेखि सम्पर्कविहिन भएका छन्। डोटी सायल गाउँपालिका वडा नम्बर ५ घर भएका सुदूरपश्चिम प्रदेश इकाई बझाङमा दरबन्दी भई कार्यरत प्रहरी लक्ष्मणबहादुर थापा सम्पर्कविहिन भएका हुन्।

उनी २०८० कात्तिक ७ गतेदेखि प्रहरीको सम्पर्कमा छैनन्। उनी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत फेला नपरेको भन्दै सूचना नै जारी गरिएको छ। उनलाई ७ दिनभित्र गैरहाजिरी हुनुको कारणसहित सम्पर्क गर्न भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सूचित समेत गराएको छ। थापासँगै मुलुकका विभिन्न जिल्लामा कार्यरत थप २० प्रहरी सम्पर्कविहिन भएको भन्दै प्रहरी प्रधान कार्यालयले बुधबार (आज) सार्वजनिक सूचना प्रकाशित गरेको छ। 

सूचनामा बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सम्पर्क गर्न अनुरोध गरिएको छ। अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम  (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ।

null

कमेन्ट लोड गर्नुस