दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ ‘उकु’ बालविवाह मुक्त वडा घोषणा
दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ। मङ्गलवार सो गाउँपालिकाको वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो।
मालिकार्जुन गाउँपालिकालाई नै २०८२ सालभित्र बालविवाह मुक्त पालिका बनाउने तयारी भइरहेको छ। स्थानीय रणनीति २०७६ लागू भएपछि मालिकार्जुनमा गुड नेभर्स इन्टरनेशनल नेपालले बालविवाह अन्त्यका लागि सचेनामूलक कार्यक्रम गर्दै आएको छ।
पहिले पालिकामा २५ दशमलव ९६ प्रतिशत हुने बालविवाह अहिले ६ प्रतिशतमा झरेको दाबी गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीको छ।