कञ्चनपुरमा धनगढीका एक युवक पक्राउ

धनगढीः कञ्चनपुरमा धनगढीका एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैयाबाट ०.३४ ग्राम लागूऔषध खैरोहेरोईनसहित कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय पुष्कर चौधरी सोमवार दिउँसो पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
