सुदूर नेपाललाई विश्वसँग जोड्दै

फियोन सुदूरपश्चिम प्रदेश परिषद् सम्पन्न

२०८० पुष ८, ०५:३७ खबर संवाददाता

धनगढी: नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंक सुदूर पश्चिम प्रदेशको प्रथम परिषद् धनगढीमा सम्पन भएको छ । संगठनले गरेका विविध गतिवधि पारित गरी भावी कार्यक्रम, नीति र रणनितिहरु  तय गर्दैं शनिवार एक समारोह बिच  परिषद् सम्पन्न भएको हो।

कार्यक्रममा सुदूर पश्चिम प्रदेशमा रहेका बैंकका विभिन्न शाखाका ईकाइ समिति अध्यक्षहरु, परिषद् पार्षदहरु, केन्द्रीय अध्यक्ष इश्वरबहादुर सिंह,वरिष्ट उपाध्यक्ष मिलनबाबू नेपाल, महासचिव सुदिन केसी, उपमहासचिव लसता श्रेष्ठ, कन्द्रीय समस्य नवराज ओझा, प्रतिज्ञा भट्ट र विभिन्न शाखाका शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो।

परिषद्को उद्घाटन सत्रमा सुदूर पश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर  बम प्रमुख अतिथि, फियोन कृषि विकास बैंक सुदूरपश्चिम अध्यक्ष नारद बोगटी, फियोन राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश अध्यक्ष इलमबहादुर खड्का , राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ सुदूरपश्चिम अध्यक्ष राजेन्द्र विष्ट आतिथि रहनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले वित्तीय संस्था कर्मचारी संघ केवल लोकतान्त्रिक व्यवस्थाप्रति आस्था मात्रै राख्ने संस्था नभई त्यसको अभिन्न अंग भएकाले वित्तीय संस्था कर्मचारी संघलाई आवश्यकताको आधारमा सहयोग गर्न पार्टी र सरकार तयार रहेको बताए । उनले राष्ट्रिय बाणिज्य बैंकलाई सबल र सक्षम तुल्याउन प्रदेश सांसदको तर्फवाट हुन सक्ने सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, अथिति बक्ताहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा बैंकमा लामो समय सेवा गरी सेवा निवृत कर्मचारी कुम्भराज उपाध्याय , टेकबहादुर ऐर , डम्वरराज पनेरु र सिद्धराज जोशीलाई सम्मान गरिएको थियो।
फियोन सदूरपश्चिम अध्यक्ष दिपेन्द्र बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवराज ओझाले गरेका थिए।

कमेन्ट लोड गर्नुस